Tuesday 20th February 2018

 

सीपमूलक ज्ञान दिनुपर्नेमा राज्यमन्त्रीको जोड

महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले अबका विद्यार्थीलाई शिक्षण संस्थाले व्यावसायिक शिक्षा तथा सीपमूलक ज्ञान उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

सतुंगलस्थित काठमाडौँ शिक्षा क्याम्पसमा सोमबार आयोजित अन्तरक्रियामा उहाँले विद्यार्थीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउन सकेमा देशमा शैक्षिक बेरोजगार न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १० अन्तर्गत प्रदेश (ख) का सांसद तथा नेकपा (एमाले)का नेत्री रमा आलेमगरले सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञान दुवैले मात्र विद्यार्थीलाई चलाख र दैनिक जीवनमा संघर्षशील व्यक्तिका रुपमा स्थापित गर्ने बताउनुभयो ।

राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले अन्तरराष्ट्रिय मापदण्डका आधारमा निर्माण भएका पाठ्यक्रमभन्दा स्वदेशी आवश्यकताअनुसारको आधुनिक शिक्षा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Published at: January 23, 2018 1:14 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro