कोमामा एमालेको युवा संघ : अधिवेशन नहुँदा लाखौं युवाको भविष्य अन्योलमा

admin
प्रकाशित मिति: २६ माघ २०७४, शुक्रबार २०:३६

सुदर्शन बजगाई,काठमाडौं । नेकपा एमालेले स्व जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुदलिय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त ठानेको छ । यद्यपि चर्चामा आउन केही नेताले जनताको बहुदलिय जनवादी कार्यक्रमको  बिरोध गरेतापनी पछिल्लो समय यसको नेपाली समाजमा सान्दर्भिकता अझ बढेर गएको छ । जबजले प्रतिस्पर्धा बाट श्रेस्ठता हासिल गर्नुपर्छ भन्ने कुरालाई स्पस्ट पारेरपनी होला एमालेले हरेक कमिटीमा यसको अभ्यास गर्छ र कम्युनिस्ट पार्टी झन् लोकतान्त्रिक छन् भन्ने सन्देश विश्वभर दिन सफल भएको छ ।

एकातर्फ पुजीवादी र आफुलाई लोकतन्त्रको मसिहा ठान्ने पार्टीलाई लोकतन्त्रको अभ्यास सिकाईरहेको पार्टी एमालेको सबैभन्दा सशक्त जनवर्गीय संगठन युवा संघ नेपाल अनिर्णयको बन्धी भएको छ । तत्कालीन अध्यक्ष महेश बस्नेतले मन्त्री बनेसंगै युवा संघबाट राजीनामा दिएपछी निरु पाल पछी  राजिव पहारी संयोजक बनेका थिए । तत्काल अधीवेशन गर्न गठन भएको सम्मेलन आयोजक कमिटीको म्याद सक्किएको झण्डै दुई वर्ष पुग्दा समेत युवा संघमा नयाँ नेतृत्व नआउनाले तल्लो तहसम्म नैरस्यता छाएको छ । जिवन्त संगठनमा नयाँ पात उम्रने र पुरानो पात झर्ने प्रकृया चलिरहन्छ तर एमालेको युवा संघमा ठिक त्यसको बिपरित झरीरहेको पातलाई टाँस्ने र झर्न लागेको पातलाई सुपर ग्लु लगाएर बडो गजबसंग टाँस्ने प्रवृत्ति हावी हुँदै छ । अचम्म त के छ भने एउटै ब्यक्तीले एउटै कमिटिमा चार पटकसम्म बढुवा पाएका छन् ।

युवा संघको विधानले के भन्छ हेर्नुहोस् :

 

सर्कुलर पनी हेर्नुस् :

युवा संघको विधानमा सामन्यता युवा संघको राष्ट्रिय महाधिवेशन ३ वर्षमा,जिल्लाको र क्षेत्र,नगर,इलाकामा २ वर्षमा र महानगर र महानगर,उपमहानगर र नगर वडा कमिटीको अधिवेशन १ वर्षमा हुने भनिएतापनी त्यो कागजमा मात्र नेतृत्वले सिमित गरेको छ ।

२०७२ आस्विन १५-१८ गतेसम्म काठमाडौंमा निरु पालको अध्यक्षतामा बसेको बैठकले राजिव पहारीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको थियो । राजिव पहारीलाई महाधिवेशन गराउने म्यान्डेट सहित्  नेतृत्व प्रदान गरिएको थियो । आफू संयोजक  भएपछि अधिवेशन तोक्नु त कता हो कता बैठक समेत ९ महिनापछि डाकेर आफ्नो पद मोह देखाएका थिए पहारीले । कहिले पोखराको मेयर बार्गेनिङ गर्न,कहिले प्रदेश सभाको बार्गेनिङ गर्न युवा संघको फोरम प्रयोग गरेका पहारी मेयरमा लज्जास्पद रुपमा चिप्लिएपनी प्रदेशको टिकट पाएर जिती छाडे । अधीवेशन गरे आफ्नो स्वार्थ पूरा नहेने देखेर नेतृत्वले कहिले भुकम्प,कहिले नाकाबन्दी कहिले चुनावको कारण देखाएर महाधिवेशन सार्दै गएपछी अहिले राजिव पहारीले एमाले युवा संघलाई ९-१० वर्षमा अधिवेशन गर्ने तरुण दल बनाउन लागेका हुन् कि भन्ने भान सर्वत्र हुन थालेको छ ।

केन्द्रको अधिवेशन नहुँदा जिल्ला ६ वर्षदेख एउटै नेतृत्वबाट चल्न बाध्य छ । ३ नयाँ जिल्ला अध्यक्ष आईसक्नुपर्ने ठाउँमा एउटै ब्यक्ती बस्दा नेतृत्वको खडेरी पैदा भएको छ भने नेतृत्व उत्पादन बन्द भएको छ । सामान्यतया कम्युनिस्ट पार्टीले जनवर्गीय संगठनलाई कार्यकर्ता उत्पादन गर्ने थलो बनाएतापनी युवा संघले त्यो मान्यताको बर्खिलाफ गएर एमालेलाई कमजोर पार्न थालेको छ । आज युवा संघका तत्कालीन अध्यक्ष एवम् हालका रास्ट्रवादी छवि र चट्टानी अडानका कारण सबको मन मस्तिष्कमा बस्न सफल पार्टी अध्यक्ष केपी ओलीले युवा नेतृत्व र पुस्तांतरणको वकालत गरिरहँदा केशव स्थापित,गोकर्ण बिस्ठ पशुपती चौलागाईं र महेश बस्नेत  जस्ता आशालाग्दा नेता उत्पादन गर्ने युवा संघ कोमामा रहँदा सिंगो एमाले पंक्तिमा निराशा छाएको छ । जिल्लामात्र नभएर क्षेत्र, नगर र वडामा समेत नेतृको खडेरी देखा परेको छ । कार्यकर्ता उत्पादन गर्ने फ्याक्ट्रीको रुपमा चिनिएको युवा संघ अहिले ठप्प छ र कार्यकर्ता कुटिदा प्रेस बक्तब्य निकालेर चेतावनी दिने बाहेक केही नयाँ र सृजनात्मक काम गर्न सकेको छैन ।

राजिव पहारी नेतृत्वमा भएतापनी अन्य पदाधिकारीले  आफुले पद पाएपछी अधिवेशन हुँदा आफ्नो राजनैतिक भविस्य नदेखेर अधिवेशन गर्न दबाब समेत नदिएको श्रोत बताउँछ । संस्थापन प्यानलमै रहेका उपाध्यक्ष रमेश पौडेल र महासचिव किरण  पौडेलपनी आफू अध्यक्ष हुनलाई पहारीले असहयोग गर्छन् भनेर किनाराको साक्षी भएका छन् ।आफू स्थापित भएपछी संगठनको गतिशीलता जे सुकै होस भनेर निजी स्वार्थलाई केन्द्र बनाउँदै संघको प्रयोग गर्दा युवा संघ विघठनको संघारमा पुगेको छ ।

विधानलाई मान्ने हो भने अहिलेको कमिटी भंग भैसक्नुपर्ने हो तर  युवा संघलाई कोमामा राखेर राजिव पहारीले प्यारालाईज बनाएका छन् । युवा आन्दोलन बन्धक बनेको छ र तल्लो तहसम्म युवा संघमा कृयाशिल युवाहरुमा संगठन प्रती बितृष्णा फैलीएको छ र महेष बस्नेत नेतृत्वले बनाएको रहरलाग्दो ,डरलाग्दो र भरलाग्दो युवा संघ अहिले कोमामा बसेको छ । हुन त राजिव पहारी नेतृत्वमा भएतापनी यो असफलताको भागीदार सम्पुर्ण केन्द्रिय कमिटी हुनुपर्छ । आफ्नो पद यथावत भएको निहुँमा नेतृत्व जाम गर्नु र नया नेतृत्व स्थापित गर्न नसक्नुले युवा संघ ठूलो होईन साँघुरिदै जान्छ ।

अधिवेशन नहुँदा युवा संघको रक्तसंचार रोकीएको छ युवा संघ कोमामा छ र प्यारालाईज भएको छ ।फेरि वाम एकताको नाम गरेर नेतृत्व जाम गर्दै नयाँ नेतृत्व चयन नगर्दा लाखौं युवाको भविश्य अन्योलमा छ। अब आम नेता कार्यकर्ताको भावना बुझेर ४० कटेकालाई बिदा गरेर चुस्त दुरुस्त युवा संघ बनाउने कि युवा संघलाई कोमामा राखेर असक्षमता पगरी लगाउन,युवा संघलाई कार्यकर्ता उत्पादनको थलो बनाउनकी डम्पिंग गर्ने थलो राजिव पहारीको हातमा छ होईन र ? अब युवाले नगरे कसले? अहिले नगरे कहिले ? यहाँ नगरे कहाँ ?

लेखक युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीका प्रचार विभाग प्रमुख हुन् 

assertivesudarshan@gmail.com

www.facebook.com/sudarshan.bajagain.1


२६ माघ २०७४, शुक्रबार २०:३६ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्