नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ

admin
प्रकाशित मिति: २८ माघ २०७४, आईतवार १३:१२

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आज बिहान पक्राउ गरेको छ ।

प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९०० एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका पर्साका २२ वर्षीय साहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । अभियुक्त साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको प्रभागले जनाएको छ ।


२८ माघ २०७४, आईतवार १३:१२ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्