ठक्करबाट एकको मृत्यु

admin
प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलवार १७:३८

जिपको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ ।

लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिनुभएको छ ।


१ फाल्गुन २०७४, मंगलवार १७:३८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्