ओलीलाई दोहोर्‍याएर शपथ ग्रहण गर्न कमल थापाको सुझाव

admin
प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार ११:०७

४ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने बताएका छन् ।

ओलीले बिहीबार प्रधानमन्त्रीको शपथ लिने क्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले दोहोर्‍याएर शपथ लिन सल्लाह दिएका हुन् ।

पूर्वउपप्रधानमन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवस होइन । त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । शपथमा देश छुट्नु राम्रो होइन ।’

अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्‍याएर शपथ लिएको उदाहरण पनि उनले दिएका छन् ।


४ फाल्गुन २०७४, शुक्रबार ११:०७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्