दरवार मार्गमा सिर्जना राणाको राणा शैलीविरुद्ध मूर्दावादको नारा

admin
प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार १६:३२

भूकम्पका कारण चर्केको घर भत्काएर नयाँ महल खडा गर्दै अर्को क्यासिनो खोल्न लागेको थाहा पाएपछि मालिक्नी सिर्जना राणाविरुद्ध क्यासिनो मजदुर एक भएका छन् र २०६८ साल साउन ४ गते ९२२ जना मजदुरलाई समायोजन गर्ने निर्णय पालना गर्न दबाब दिएका छन् ।

सिर्जना राणाको राणा शैलीविरुद्ध मूर्दावादको नारा समेत लगाएका छन् । मजदुरहरुको आरोप छ–अन्नपूर्णकी सञ्चालक सिर्जना राणाले अहिलेसम्म विनाकारण कामबाट हटाएका क्यासिनोका कामदार मजदुरलाई विभिन्न बहाना देखाउँदै वर्षौदेखिको तलव भत्ता समेत नदिई बेहाल बनाएकी छिन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुसँगको निकटताको बलमा सिर्जनाले आरजु र निवर्तमान पर्यटन मन्त्री जितेन्द्र देवलाई ठूलो रकम घुस दिएर नयाँ क्यासिनोको लाइसेन्स लिने काम गरेपछि आफ्नो रोजिरोटीको पर्खाइमा रहेका मजदुरहरु निराश र आक्रोसित भएका हुन् ।

संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा आफूहरुले उठाएका मागहरु तत्काल पूरा हुनुपर्ने उल्लेख छ । समितिले आफ्ना माग पूरा गराउन जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने चेतावनी दिएको छ ।

आश्चर्य के छ भने क्यासिनोले तिर्नुपर्ने राजस्व नतिरी कसरी लाइसेन्स पाए ? पूर्वप्रम देउवाले जाँदाजाँदै लाइसेन्स दिएका हुन् ।


४ फाल्गुन २०७४, शुक्रबार १६:३२ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्