पुष्पलाल र मनमोहन पदभन्दा माथि हुनुहुन्थ्योःप्रम

admin
प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार १७:४३

प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गर्नुभएको छ ।

मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताउनुभयो ।

अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताउँदै उहाँले भन्नुभयो, “अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पहिलो वामपन्थी प्रधानमन्त्रीका रुपमा असाधारण छाप छाड्नुभयो । ”

प्रधानमन्त्री ओलीले पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्व पदभन्दा माथि रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलगायतले पनि नेकपा(एमाले)का तत्कालीन अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।


४ फाल्गुन २०७४, शुक्रबार १७:४३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्