बुद्ध प्रकाश कपको उपाधी सरस्वती स्कुल र वेब्स स्कुललाई(भिडियो)

admin
प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार १९:२८

सुदर्शन बजगाई,काठमाडौं । राजधानीमा जारी प्रथम बुद्ध प्रकाश कप अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधी सरस्वती स्कुल र वेब्स स्कुलले जितेको छ ।

आज भएको विद्यार्थी तर्फको खेलमा निर्धारित समयको खेलमा ५-५ को बराबरी भएपछी पेनाल्टी सुट आउटमा रिम्सलाई हराउँदै सरस्वती स्कुलले उपाधी जितेको हो ।

शिक्षक तर्फ्को खेलमा पिस नेपाल स्कुललाई ४-२ गोल अन्तरले पाखा लगाउँदै वेब्स स्कुलले उपाधी जितेको हो । विजेता खेलाडीलाई पुर्व सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत र बिद्यालयका प्रधानाध्यापक अशोक कुमार दाहलले मेडल,शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

कार्यक्रम संचालक तथा जोरपाटी फुटसलका सिईओ श्री बहादुर योगीको संचालनमा भएको कार्यक्रममा मन्तव्य दिँदै पुर्व मन्त्री बस्नेतले खेलाडीलाई बधाई दिँदै देशलाई नाम चिनाउन सक्ने खेलाडी बन्न अनुरोध समेत गरिन ।

बुद्ध प्रकाश स्कुल काठमाडौंको पुर्वी क्षेत्रमा खेलकुद क्षेत्रमा ख्याती कमाएको विद्यालय हो । कार्यक्रमको मिडिया पार्टनर आशाका किरण डट कम र गोकर्णेश्वर अनलाइन रहेको थियो ।

तस्बिर : रबि बराल(आशाका किरण मिडिया )


४ फाल्गुन २०७४, शुक्रबार १९:२८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्