टाइमलाइन स्कुलको अभिभावक दिवस विविध सास्कृतिक कार्यक्रमकासाथ सम्पन्न(भिडियो)

admin
प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार २०:२१

सुदर्शन बजगाई,काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको टाइमलाइन स्कुल जोरपाटीले अभिभावक दिवस काठमडौं ३ बाट निर्वाचित सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा भव्यताकासाथ विद्यालय प्राङ्गणमा सम्पन्न गरेको छ ।

स्कुलका अध्यक्ष नवराज रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले हिमाल, पहाड र तराईका विभिन्न भागका सँस्कृति झल्कने बेजोड साँस्कृतिक प्रस्तुती तथा अभिभावक भेषभूषाको प्रदर्शनी गरेर दर्शकको मन जितेका थिए ।

अध्यक्ष नवराज रिजालले विद्यालयले गुणस्तरीय शिक्षा प्राप्त गर्ने अभिभावको अभिलाषा पुरा गर्न विद्यालय लागिपरेको बताउनुभयो । विद्यालयले शैक्षिक र बालमैत्री सिकाई प्रणलीको उच्चतम प्रयोग गरिरहेको जानकारी गराउनुभयो । रिजालले थपे “शैक्षिक गुणस्तर बढाउन विद्यालय, विद्यार्थी र अभिभावकको उत्तिकै भूमिका हुन्छ उहाँले भन्नुभयो विद्यालय पठाएपछी सबै कुरा विद्यालयको हो भन्ने सोच नराखौं, छोराछोरीको पढाइको स्तर र समस्या के छन् भन्ने कुरा चासौ राख्ने र उचित वातारण सिर्जना गरिदिने गरौं ।” 

विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालले छोटो समयमै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक र पूर्वाधार विकासमा सफलता हासिल गरेको बताएका थिए  । अभिभावकलाई बेला बेलामा विद्यालय आएर आवश्यक सुझाव दिन र आफ्ना छोराछछोरी पढाइप्रति ध्यान दिन पनि अनुरोध गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्षेत्र, जाती र भाषको प्रतिनिधित्व हुने खालका साँस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा आगामी शैक्षिक सत्रमा कक्षा ११ संचालन गरिने जानकारी गराईएको थियो ।


५ फाल्गुन २०७४, शनिबार २०:२१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्