प्रारम्भ एकेडेमीक विद्यालयको अभिभावक दिवस भब्यताकासाथ सम्पन्न(भिडियो)

admin
प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार २३:३५

सुदर्शन बजगाई,काठमाडौं । कागेस्वरी मनोहरा नगरपालिकाको मुलपानीको बाबा चोकमा रहेको प्रारम्भ एकेडेमीक स्कुलले अभिभावक दिवस भब्य सांस्कृतिक कार्यक्रमका साथ कागेस्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

नयाँ टिमका साथ स्थापित भएको स्कुलले विभिन्न बिधामा चर्चित ब्यक्तीको उपस्थितिमा भब्य समारोहका साथ विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमा चर्चित गायक येश कुमार,चर्चित हास्य व्यंग्य कलाकार सुबोध गौतम पत्रकार टिकाराम यात्रीले जोशिलो प्रस्तुति दिएका थिए ।

कार्यक्रमा वृद्दवृद्धालाई सम्मान समेत गरिएको थियो |

कार्यक्रममा प्ले ग्रुपदेखी कक्षा १० सम्मका विद्यार्थीले नृत्य,अभिनय र गायन कला प्रस्तुत गएका थिए । आफ्ना नानीबाबुको प्रस्तुती देखेर उसै दंग परेका अभिभावक झन् राष्ट्रिय स्तरिय कलाकारको प्रस्तुती देखीर प्रफुल्ल देखीएका थिए ।

कार्यक्रमम निसानका अध्यक्ष ओम ढकाल,प्याब्सकका महासचिव गेन्द्र लामा र विद्यालय संचालक जीत कार्की,ओम कुमार मगर, निसानका उपाध्यक्ष र सचिव क्रमशः रामेश्वर चौलागाईं र राजेश घिमिरे गगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको मिडिया पार्टनर आशाका किरण मिडियाद्वारा संचालित आशाका किरण डट कम र गोकर्णेश्वर अनलाइन रहेको थियो ।


५ फाल्गुन २०७४, शनिबार २३:३५ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्