९ मन्त्रीमा १२१ को दावी : प्रम ओलीलाई समस्या

admin
प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलवार १२:५७

१५ जना मन्त्री बनाउनु पर्ने, १४१ को दावी छ । हेर प्रम केपी ओलीलाई समस्या । त्यसमाथि नवराज सिलवाललाई त मन्त्री नबनाइ भएको छैन, बाँकी त उही १४ न हो ।

ठूलो दावी छ भीम रावल, विष्णु पौडेल र योगेश भट्टराईको । योगेशले बाजी मारिसके भन्दा हुन्छ, किनकि ओलीले तैयार रहन आश्वासन दिइसकेका छन् ।

भीम रावलले चाहेर पनि उपप्रधानसहितको गृह पाउन मुस्किल देखिन्छ भन्छन् एमालेका साथीहरु । यता झलनाथ खनाल र माधवकुमार नेपाल आफ्ना मान्छेलाई मन्त्री बनाउन भाग खोज्दैछन् ।

झलनाथले मुखै फोरेर र माधव नेपालले भित्री रुपमा राष्ट्रपतिको चाहना पनि राखेका छन् । कनिष्ट एमालेहरु आफूले पालो पाउनुपर्ने दावी ओलीसमक्ष राखिसकेका छन् ।

बरिष्ठहरु मन्त्री भइसकेकाले पनि ओलीले नयाँ पुरानालाई मिलाएर अघि बढ्न खोज्दा एमालेभित्रै ठूलै रडाको मच्चिएको छ । खासगरी भीम रावल यो रडाकोको बीउ बन्न पुगेका छन् ।


८ फाल्गुन २०७४, मंगलवार १२:५७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्