तीनजना बन्दकर्ता पक्राउ

admin
प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलवार १६:५३

दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

परियारले बन्दको अवज्ञा गरेको भन्दै बसपार्कमा मोटरसाइकल पल्टाइदिएको र चौधरी तथा गिरीले ग्वारखोलामा सवारीचालकमाथि हातपात गरेको आरोप लागेको छ । पक्राउ परेका तीनैजनालाई आदेशअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।


८ फाल्गुन २०७४, मंगलवार १६:५३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्