चौथो बंगलादेश एक्सपो फागुन ११ गते हुने

admin
प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलवार १७:३६

बंगलादेशी दूतावासले यहाँँको भृकुटीमण्डपमा चौथो बंगलादेश एक्सपो–२०१८ आयोजना गर्ने भएको छ ।

नेपाल तथा बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको यो व्यापार मेला यही फागुन ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा नेपालका ३० तथा बंगलादेशका ७० वटा गरी कूल १०० वटा स्टल रहने बताइएको छ । यु टर्न इभेन्ट्स बंगलादेश तथा सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालि नेपालको सहयोगमा सञ्चालन हुने त्यस मेलामा भवन निर्माण सामग्री, फर्निचर, जुट, तयारी पोशाक, प्लास्टिकजन्य वस्तु, विद्युतीय सामग्री, मोटरसाइकल र गरगहनाका सामग्री रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे साम्सले मेलाबाट नेपाल र बंगलादेश बीचको व्यापारिक सम्बन्धमा थप आयाम वृद्धि हुने र उद्यमीलाई यसबाट उत्प्रेरणा मिल्ने विचार प्रकट गर्नुभयो ।

सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालि नेपालका प्रबन्ध निर्देशक राकेशकुमार महतोले दुई मुलुकका उद्यमी तथा व्यापारीबीच अनुभव साट्न र बंगलादेशका उत्पादन नेपाली उपभोक्तामाझ पु¥याउन मेला सहयोगी हुने बताउनुभयो ।


८ फाल्गुन २०७४, मंगलवार १७:३६ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्