वडा अध्यक्ष कप : बुद्ध फुटबल क्लब र बेथेल्हेम युवा क्लब विजयी

admin
प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलवार २०:४७

सुदर्शन बजगाई,काठमाडौं । आत्तरखेल युवा समाजले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप फुट्बल प्रतियोगिताको आजको खेलमा बुद्ध फुटबल क्लब र बेथेल्हेम युवा क्लब बिजयी भएका छन् । आज भएको पहिलो खेलमा बुद्ध फुटबल क्लबले चाँगे युवा समाजलाई ५-२ गोल अन्तरले पराजित गर्‍यो भने बेथेल्हेम युवा क्लबले ह्योल्मो आमा याङ्रीलाई ५-३ गोल अन्तरले पराजित गर्‍यो । पहिलो खेलमा आत्तरखेल युवा समाज अन्तरगतको बुद्ध फुटबल क्लबको जितमा बिबेक गुरुङको २ गोल र किरण शेर्पा,सुजन बस्नेत र आयुश घ्लानले १ १ गोल गरे भने पराजित छाँगे युवा समाजको तर्फबाट बबी शेर्पा र रमेश लामाले १-१ गोल गरे । त्यस्तै आज भएको दोश्रो खेलमा बेथेलेम युवा क्लबको तर्फबाट सुबास सुनुवार ले २,फुर्बा लामा २ र अशोक वाईबाले १ गोल गरे भने पराजित टोलीको लागि नोर्बु तामाङले १ गोल गरे । आत्तरखेल युवा समाज काठमाडौंको पुर्वी भेगको लोकप्रिय क्लब हो ।


८ फाल्गुन २०७४, मंगलवार २०:४७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्