Wednesday 23rd May 2018

डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

धनगढी, २७ चैत ९रासस० : धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो ।

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।

बलिङतर्फ धनगढीका लागि सोमपाल कामी र ललितसिंह भण्डारीले दुई÷दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए ।

अहिले धनगढीले जवाफी ब्याटिङ गरिरहेको छ । धनगढीले १३ ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको छ । रोहन मुस्तफा ३३ र सुनिल धमला १३ रन बनाएर आउट भएका छन् ।

Published at: April 10, 2018 12:28 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..