खेलकुदले युवामा सकारात्मक सोच ल्याउने

admin
प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार १५:४९

महोत्तरी, १ वैशाख (रासस) : प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले खेलकुदबाटै युवालाई अनुशासित बनाइ राष्ट्र विकासमा परिचालन गर्न सकिने बताउनुभएको छ ।

आज महोत्तरीको गौशाला–३ स्थित युनिक युवा क्लबद्वारा आयोजित टीट्वान्टी क्रिकेट टुर्नामेन्ट कार्यक्रममा मन्त्री यादवले युवामा सकारात्मक सोच आए मात्र देशको विकास सम्भव हुने धारणा राख्नुभयो ।
त्यस्तै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले युवाको सपना र खेलाडीको सम्मान गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो । युवाको ऊर्जाकै कारण देशमा अनेकौँ परिवर्तन सम्भव भएको र अझ केही बाँकी रहेको कामको लागि युवाको भूमिकाको आवश्यकता रहेकाले सहयोगको लागि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय नेता लक्ष्मी महतो, इन्टरनेशनल क्योकोशिनका २ नं प्रदेश संयोजक सञ्जीप चौधरीलगायत खेलप्रेमी, राजनीतिकर्मीको सहभागिता रहेको थियो ।


१ बैशाख २०७५, शनिबार १५:४९ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्