इष्ट पोल स्कुलमा प्रजातान्त्रिक अभ्यास : मतदान गरेर विद्यार्थीले छानेे क्याप्टेन

admin
प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार ०८:३२

सुदर्शन बजगाई,काठमाडौं । बैशाख २५ गते चकिलो घाम थियो र विद्यार्थी उत्साहित थिए । उनीहरुको मनमा विस्वास थियो र परिवर्तन चाहन्थे ती विद्यार्थी । ताम झामका साथ मतपेटिका तयार गरिएको थियो र मतपत्र तयार थियो । विद्यार्थी लामबद्ध थिए र दृश्य हेर्दा कुनै स्थानीय तहको निर्वाचन होकी भन्ने लाग्दथियो तर निर्वाचन थियो इस्टपोल स्कुलको स्कुल र हाउस क्याप्टेन छान्ने । तल्लो तहमा लोकतान्त्रिक प्रथाको विकास हुनुपर्ने विश्वासका साथ जोरपाटी स्थित ईष्ट पोल स्कूलले शैक्षिक वर्ष २०७४ को लागि स्कूल क्याप्टेन तथा सदन प्रमुखहरुको छनौट निर्वाचनका माध्यमवाट सम्पन्न गरेको छ । सो निर्वाचनमा आफनो उम्मेदवारी दर्ता गरेका र उम्मेदवारहरुले विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुसंग नेताले जस्तै मत मागेका थिए । विद्यार्थीको उत्साहजनक सहभागीता रहेको चुनावमा सबैभन्दा बढी मत ल्याउने विद्यार्थी विजयी भएका थिए र उनीहरुलाई जिम्मेवार प्रदान गरिएको थियो। उक्त निर्वानद्धारा निम्न अनुसारका विद्यार्थी निर्वाचित भएका थिए ।
स्कूल क्याप्टेन छात्र : सुजल थापा
छात्रा : आयुषा वस्ताकोटी
निलो सदन क्याप्टेन : अमिर मोक्तान
हरियो सदन क्याप्टेन : निलेश शाहा
पहेंलो सदन क्याप्टेन : सुदिप राज श्रेष्ठ
रातो सदन क्याप्टेन : विबश स्याङतान

निर्वाचित भए लगत्तै स्कुल क्याप्टेनहरुले समग्र इस्टपोलको नेतृत्व लिने प्रण गरेका थिए भने हाउस क्याप्टेनहरुले आफ्नो हाउसलाई शैक्षिक सत्रमा उत्कृष्ट हाउस बनाउने प्रण गरेका थिए । मतदानमा शिक्षकको हस्तक्षेप नरहेको र मतदानलाई प्रभाव गर्ने गतिविधि शिक्षकले नगरेको इस्टपोल स्कुलका प्रधानाध्यापक राजेस राईले बताए । विद्यार्थीको चुनावले केही समय अगाडिको स्थानीय, प्रदेश र प्रतिनिधि सभाको झझल्को दिएको इस्टपोल स्कुलका साहायक प्रधानाध्यापक प्रकाश अधिकारीले आशाका किरण मिडियालाई बताए । यस्ता खालको कार्यक्रमले भविस्यमा सुशासनयुक्त समाज निर्माण हुने र प्रजातान्त्रिक अभ्यास अझ बलियो बनाउन मद्दत गर्ने देखिन्छ ।


२६ बैशाख २०७५, बुधबार ०८:३२ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्