साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

admin
प्रकाशित मिति: ६ जेष्ठ २०७५, आईतवार १३:४३

पोखरा, ६ जेठ (रासस) : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको ट्रेड युनियन आवश्यक नरहेको स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो । वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन् । संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उहाँले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने आश्वासन दिनुभयो ।


६ जेष्ठ २०७५, आईतवार १३:४३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्