सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ

admin
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १२:४६

काठमाडौँ, ८ जेठ (रासस) : साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको छ । प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।


८ जेष्ठ २०७५, मंगलवार १२:४६ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्