मोटरसाइकल चोरी गर्ने पक्राउ

admin
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १३:२५

राजविराज, ८ जेठ(रासस) : राजविराज–७ स्थित हटियामा पार्किङ्ग गरी राखिएको मोटरसाइकल चोरी गर्ने दुई व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज – ८ बस्ने हनुमाननगर कंकालनी – १ का शम्भु राम र बिष्णुपुर –१ बस्ने परमेश्वर यादव रहेको प्रहरी उपरीक्षक मूकेशकुमार सिंहले बताउनुभयो । अभियुक्त दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । राजविराज – ८ निवासी राजकुमार सेठ गत बैशाख १७ गते आफ्नो स १ प ६७५२ नंको मोटरसाइकल पार्किङ्ग गरी हटियामा तरकारी लिन गएका बेला मोटरसाइकल चोरी भएको थियो ।


८ जेष्ठ २०७५, मंगलवार १३:२५ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्