बुद्ध शिक्षाका विषयमा निबन्ध प्रतियोगिता हुँदै

admin
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १५:२४

काठमाडौँ, ८ जेठ (रासस) : लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौंले संयुक्त रुपमा ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयमा निबन्ध प्रतियोगिताको आयोजना गर्दैछ । निबन्ध विसं २०७५ असार मसान्तभित्र पठाइसक्नुपर्नेछ भने एकहजार पाँच सयदेखि दुई हजार शब्दसम्मको हुनुपर्नेछ । निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार दिइने छ । निबन्ध नेपाली, नेपालभाषा र अँग्रेजीमा लेख्न सकिने आयोजक संस्था युवा बौद्ध समूहका सचिव रजनी ताम्राकारले जानकारी दिनुभएको छ ।


८ जेष्ठ २०७५, मंगलवार १५:२४ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्