कुचो उद्योग स्थापना

admin
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १५:२८

तुलसीपुर, दाङ ८ जेठ (रासस) : लमही नगरपालिका–३ वनगाउँमा कुचो उद्योग स्थापना गरिएको छ । स्थानीयवासी दुई जनाले आफ्नै लगानीमा ‘सन्जु आरती कुचो उद्योग’ स्थापना गरेका हुन् । वनगाउँका रामचरण चौधरी र भोजराज भुसालले रु ५० लाखको लगानीमा सो उद्योग स्थापना गरेका हुन् । बजारमा भारतीय कुचोले ठाउँ लिएका कारण उद्योग सञ्चालन गरेको सञ्चालक भुसालले बताउनुभयो । स्थानीयवासीको मागलाई ध्यानमा राखि उद्योग सञ्चालन गरेको उहाँको भनाइ छ । सो उद्योगको आज एक कार्यक्रमकाबीच लमही नगरपालिका–३ का वडाध्यक्ष बाबुराम चौधरीले उद्घाटन गर्नुभयो ।


८ जेष्ठ २०७५, मंगलवार १५:२८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्