उत्तेजित हुन्छु वा हुँदिन भनी बिना बस्त्र बहिनीसँग सुत्ने गर्थे महात्मा गान्धी !

admin
प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार १०:३४

एजेन्सी-भारतमा राष्ट्र पिताका रुपमा मानिएका साथै सारा भारत वर्षले ‘बापू’ भनेर पूजा गरेका महात्मा गान्धीबारे विभिन्न किस्साहरुपनि उतिकै छन् । इतिहासमा उल्लेख घटनाक्रम अनुसार अहिंसाको आन्दोलन चलाएर विशाल बेलायतको उपनिवेशलाई भारतबाट खेदाउने श्रेय पाएका गान्धीको एक वास्तविक्ता निम्नअनुसारका छन् ।

सन् १९०६ मा जब गान्धीले ब्रम्हचार्य धारण गरी बस्ने फैसला गरे त्यसबेला उनी ३८ वर्षका मात्र थिए । वास्तवमा गान्धीजी कामवासनाले मनमा हिंसा भाव उत्पन्न गराँउछ भन्ने विचार गर्दथे । त्यसैले उनले आफ्नी पत्नीलाई त्यागसमेत गरेका थिए । उनी सम्पूर्ण रुपमा आत्मिक जीवन बिताउन चाहन्थे ।यसका लागि उनले विभिन्न प्रयोगहरु गरेर हेरे । त्यसमध्ये किशोरीहरुसँग एउटै ओच्छ्यानमा निर्वस्त्र समेत सुत्ने गर्दथे । ती किशोरीहरुको बीचमा उनकी आफ्नी बहिनी मन्नु पनि सुत्ने गर्थिन् । गान्धी रातभर बिना बस्त्र बहिनीसँग सुत्ने गर्थे, आफू उत्तेजित हुन्छु वा हुँदिन भन्ने थाहा पाउनका लागि ।

गान्धीले भारतका विभिन्न शहरमा त्यस्ता आश्रमहरु निर्माण गरे जहाँ उनी हरेक रात ३ वा ४ जना कुमारीसँग नांगै सुत्ने गर्थे । त्यसताका यो खवर भारतभर सनसनी भएर फैलियो, हल्ला फैलाउनेमा गान्धीका स्वकीय सचिव निर्मल बोस थिए ।

जब यो खवर पण्डित जवाहरलाल नेहरुसम्म पुग्यो, उनले गान्धीलाई यस्तो कार्य अधर्म हुने सल्लाह दिएका थिए । तर त्यसबेला गान्धीले आफू सहोदर बहिनीलगायत अरु किशारीहरुसँग केवल आफ्नो ब्रम्हचार्यको परीक्षण गर्नका लागि मात्र निर्वस्त्र सुतेको र कुनै अनैतिक कार्य नभएको स्पष्टीकरण दिएका थिए ।

उनको आश्रममा एकै साथ लक्का जवान युवाहरुलाई नांगै भएर नुहाउन र सँगै सुत्न आदेश दिइन्थ्यो । आश्रममा पति पत्नीलाई एकैसाथ सुत्न बर्जित गरिएको थियो र यदि कसैलाई कामोत्तेजना आइहालेमा अत्यन्त चिसोपानीमा चोबल्ने गरिन्थ्यो ।


१४ जेष्ठ २०७५, सोमबार १०:३४ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्