प्रदेश सभाको बैठक खुलाउन काँग्रेस सहमत

admin
प्रकाशित मिति: ५ असार २०७५, मंगलवार १५:२७

बुटवल, ५ असार (रासस) : प्रदेश नं– ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस आज सहमत भएको छ । बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले कानून मन्त्रीले सम्बोधन गरेपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने जानकारी दिँदै पोके बजेटले बेथिति ल्याउछ भन्न खोजेका हांै भन्नुभयो । सोमबार स्थगन भएको प्रदेशसभाको बैठक आज १ बजे बस्दैछ । बजेटमा असहमति जनाउँदै विपक्षी काँग्रेसले बैठक सञ्चालनमा अबरोध प¥याएको थियो ।


५ असार २०७५, मंगलवार १५:२७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्