यस्तो बन्दैछ जोरपाटीको नयाँबस्तीमा नेपालको नमुना पार्क : हेर्नुस भिडियो

admin
प्रकाशित मिति: ७ असार २०७५, बिहीबार ११:११

सुदर्शन बजगाईं,काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपालकै नमुना पार्क बन्ने भएको छ । नयाँबस्ती युवा क्लबको नेतृत्वमा सो पार्क बन्न लागेको नयाँबस्ती युवा क्लबका अध्यक्ष सुवास पुडासैनीले आशाका किरण मिडियालाई बताए । जनता र स्थानीय निकायको प्रत्यक्ष सहयोगमा निर्माण सम्पन्न गर्ने क्लबको उद्धेश्य रहेको पुडासैनीको तर्क छ । काठमाडौंमा आनंद लिने राम्रो पार्क नभएकाले बालबालिका,युवा युवती र बृद्ध बृद्धाको लागि पार्कको थ्री डी डिजाइन तयार गरिएको र चाँडै निर्माण कार्य अघि बढाउने सुवास पुडासैनीले आशाका किरण मिडियालाई बताए ।हेर्नुस नयाँबस्ती युवा क्लबका अध्यक्ष सुवास पुडासैनीको परिकल्पनामा इन्जिनियर सन्तोष पुडासैनी र निरन्जना थापाले तयार पारेको भिडियो :


७ असार २०७५, बिहीबार ११:११ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्