मेलम्चीको पानी काठमाडौं आउने पक्का : यस्तो आयो स्थलगत भिडियो रिपोर्ट

admin
प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार २२:०५

आशाका किरण समाचार,काठमाडौं । काठमाडौंका जनताको सुद्ध र पर्याप्त पिउने पानीको पर्खाई अब चाँडै अन्त्य हुने भएको छ । प्रधानमन्त्रीको विशेष चासो र खानेपानी मन्त्री बीना मगरको सक्रियताले मेलम्ची खानेपानी परियोजनाले सार्थकता पाउन लागेको हो । भेन्टिलेशनको अभाव र सुरुङमा रसाएर झरेको पानीले केही अफ्ट्यारो भएतापनी काम तीव्रताका साथ अघी बढेको छ । मन्त्री बीना मगरले CMC को पहिलाको टोलीबाट अपेक्षित काम नपाएपछि CMC लाई टोली परिवर्तन गराउन लगाएपछि कामले तिब्रता पाएको हो ।निरन्तर फलो अप गर्न मन्त्रीको सचिवालयका सदश्य हरेक हप्ता निरिक्षण गर्न गएपछि काम अगाडि बढेको हो । के छ भित्रको अवस्था ? के भन्छन् कामदार र प्राविधिक टोली हेर्नुस आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईले तयार पारेको भिडियो रिपोर्ट :


२८ श्रावण २०७५, सोमबार २२:०५ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्