खाजा खाने खर्च काटेर युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले गरे जन्मदिनमा अनाथ आश्रममा सहयोग

admin
प्रकाशित मिति: २१ भाद्र २०७५, बिहीबार १८:५९

सुदर्शन बजगाई,काठमाडौं । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जन्मदिनको खर्च काटेर अनाथ आश्रममा सहयोग गरेका छन् । भड्किलो र तामझामका साथ जन्मदिन मनाउने संस्कार अन्त्य गर्दै पौडेलले ३ ग्रस कापी र ६ बोरा चामल अनाथ आश्रममा सहयोग गरेका हुन् । युवा संघको जम्बो टोली सहित नयाँ नेपाल समाज केन्द्रमा पुगेका रमेश पौडेलले आश्रीत बालबालिकालाई एक कार्यक्रमकाबिच सहयोग हस्तान्तरण गरेका हुन । जन्मदिनको केक काट्ने खर्च  र केही दिनको खाजा खर्च कटैती गरेर आम युवा संघका नेता कार्यकर्ता प्रोत्साहित हुन भनेर जन्मदिन अनाथ आश्रममा मनाएको युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले बताए । विद्यार्थी भविस्यको कर्णधार रहेकोले विद्यार्थीलाई कापी कलम वितरण गरिएको पौडेलको तर्क छ । आजै यु एन पार्कमा पौडेलले विभिन्न प्रजातीका फलफुलका बिरुवा समेत रोपे |


२१ भाद्र २०७५, बिहीबार १८:५९ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्