काठमाडौं जिल्ला स्तरीय शिक्षक फुटसल प्रतियोगिताको उपाधी जीवनतारा स्कुललाई

admin
प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार १४:४६

राजधानीमा जारी छाहारी कप शिक्षक फुटसल प्रतियोगिताको उपाधी जीवन तारा स्कुलले जितेको छ । छाहारी शिक्षा सदनको आयोजनामा जोरपाटी नारायाणटारमा रहेको जोरपाटी फुटसलमा भएको फाईनलमा पेनाल्टी सुट आउटमा २-१ गोल अन्तरमा ओराकल स्पोर्ट्स एकेडेमीलाई पाखा लगाउँदै उपाधी जितेको हो । पहिलो हाल्फमा ३ गोलले पछी परेको स्थिति उल्टाउँदै दोश्रो हाल्फ जीवन ताराले आफ्नो नियन्त्रणमा लिएको हो । भाद्र २७ देखी जारी प्रतियोगिताको तेश्रो स्थान बाल सृजनालयले इस्टपोल स्कुललाई हराउँदै हात पार्‍यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी जीवन तारा स्कुलका नकेश राउत घोषित भए । विजयीलाई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण सुवेदीले शिल्ड र मेडल वितरण गरेका थिए । प्रतियोगितामा २३ टिम सहभागी थिए ।


२९ भाद्र २०७५, शुक्रबार १४:४६ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्