जोशीपुरमा व्यापारी मृत फेला

admin
प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार १६:४७

धनगढी,२९भदौ(रासस) : कैलालीको जोशीपुर गाउँपालिका वडा नं १का रामप्रशाद जैसी आफ्नै घरमा आज मृत फेला परेका छन् । सोही ठाउँमा किराना पसल थापेर व्यवसाय गर्दै आउनुभएका अन्दाजी३९वर्षीय जैसी आज बिहान मृत फेला परेको भजनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो । जैसीकी श्रीमती माइती टीकापुर गएका अवस्थामा घरमा कोही नभएको अवस्थामा गए राति सो घटना भएको जनाइएको छ । मृतकको घाँटीमा निलडाम देखिएको छ ।


२९ भाद्र २०७५, शुक्रबार १६:४७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्