नायकको अनिल कपुर शैलीमा खानेपानी मन्त्रीको उपत्यकाको ५ ठाउँमा अनुगमन : बोरिङ संचालकको भागाभाग

admin
प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार १६:०१

सुदर्शन बजगाई,काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आज विभिन्न ५ टोली खटाइ नायकको अनिल कपुर शैलीमा अनुगमन गरेकी छिन् । उपत्यकावासीको गुनासो अनुसार बजारमा दुषित पानी वितरण भएकाले एकैचोटी ५ स्थानमा मन्त्री मगरको नेतृत्वमा विभिन्न टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा खानेपानी बोर्डको टोलीले स्टिकर नटाँसी खानेपानी वितरण गरेका जोरपाटीका ४ ट्याङ्कर नियन्त्रणमा समेत लिएको छ । जोरपाटीको अनुगमनको क्रममा बोरिङ अब्यवस्थित तरिकाबाट संचालनमा आएकाले खानेपानी बोर्डले ६ बोरिङ संचालकलाई ७ दिन भित्र खानेपानी बोर्डमा उपस्थित हुन पत्र समेत काटेको छ । जनताको गुनासो अनुसार फिल्डमा उत्रेकी मन्त्री मगरले सचिवालय सहित मातहतका कर्मचारीलाई ५ स्थान खटाई एकैसाथ अनुगमन गराएकी हुन् । अचानक अनुगमन हुँदा स्थानिय समेत अचम्मित थिए । जनतालाई दुषित पानी वितरण गरेर जनताको स्वास्थमा प्रतिकुल असर पार्ने खालका गतिविधिलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको मन्त्री मगरले बताइन् । अनुगमनलाई निरन्तर बनाईने मन्त्री मगरको तर्क छ ।


३० भाद्र २०७५, शनिबार १६:०१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्