सरसफाई कार्यक्रममार्फत जनचेतना फैलाउँदै श्री फ्रेन्डसिप युवा क्लब

admin
प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार ०९:५७

सुदर्शन बजगाई, आशाका किरण समाचार,काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको श्री फ्रेण्डसिप युवा क्लबले बृहत सरसफाई कार्यक्रम आयोजना गरेको छ । बुढानिलकण्ठ नगरपालिकाको आव्हानमा क्लबले सरसफाई गर्दै जनचेतना अभिबृद्धी समेत गरेको हो ।

क्लबले जनतालाई फोहोरमैला बारे सचेत गराउन कार्यक्रम गरिएको क्लबका अध्यक्ष सानुभाई लामाले बताए । बुनपा १० का विभिन्न ठाउँमा र्‍यालीसहित कार्यक्रम आयोजना गरिएको कोषाध्यक्ष कर्ण लामाले बताए । कार्यक्रममा स्थानीय ,खेलाडी र बिभिन्न समुहको उपस्थिति रहेको थियो ।


३ आश्विन २०७५, बुधबार ०९:५७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्