नेपालले मलेसियासँग खेल्ने

admin
प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १४:३१

काठमाडौँ, ७ असोज (रासस) : एएफसी सोह्र वर्षमुनि यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउसो ३ :३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएको थियो । समूह ‘इ’ मा म्यानमार र फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । त्यस्तै आज नै हुने अर्को खेलमा समूह विजेता टोलीको छिनोफानो हुनेछ । म्यानमार र फिलिपिन्सबीच अहिले खेल भइरहेको छ । समूह ‘इ’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् ।


७ आश्विन २०७५, आईतवार १४:३१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्