उपरथीद्वय भण्डारी र भट्टलाई दज्र्यानी चिन्ह प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी नरेश चन्द्र भट्टलाई उपरथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्दै । तस्बिर, सौजन्यः नेपाली सेना, रासस

admin
प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार १७:११

काठमाडौँ, ८ असोज (रासस) : प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार उपरथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले उहाँहरुलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । उपरथी भण्डारीले सम्भाररथीे कार्यालय र उपरथी भट्टले व्यवस्था नीति तथा योजना महानिर्देशनालयको जिम्मेवारी पाउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


८ आश्विन २०७५, सोमबार १७:११ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्