‘पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन’

admin
प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार १८:१७

काठमाडौँ, ८ असोज (रासस) : नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ”, उहाँले भन्नुभयो । नेता केसीले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोडदिनुभयो ।


८ आश्विन २०७५, सोमबार १८:१७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्