प्रदेश राजधानी हेटौँडामै उपयुक्त : मुख्यमन्त्री

admin
प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलवार ११:२८

हेटौँडा, ९ असोज (रासस) : प्रदेश नं. ३ का मुख्यमन्त्री डौरमणि पौडेलले हेटौँडाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडामै उपयुक्त भएपनि राजधानी सार्न चलखेल र षड्यन्त्र भइरहेको बताउनुभएको छ । न्यू क्लब हेटौँडाको उद्घाटन गर्दै उहाँले आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटाँैडामा राजधानी अत्यन्त उपयुक्त रहेको बताउँदै अब राजधानी सार्नु उपयुक्त नभएको जिकिर गर्नुभयो । हेटौँडाबाट राजधानी सार्दा यहाँ विस्तार भइसकेका पूर्वाधार नरहने भएकाले ठूलो रकम खर्च हुने पनि उहाँको तर्क थियो ।


९ आश्विन २०७५, मंगलवार ११:२८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्