प्रतिवेदन र सम्झौता पेश

admin
प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलवार १९:०६

काठमाडौँ, ९ असोज (रासस) : राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो । बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम सचिव डा भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’लाई टेबुल गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक बुधबार अपराह्न ३ बजे बस्नेछ ।


९ आश्विन २०७५, मंगलवार १९:०६ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्