संसद् सचिवालयको प्रवक्तामा डा पाण्डे

admin
प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार १४:०१

काठमाडौँ, १० असोज (रासस) : सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा रोजनाथ पाण्डेले जिम्मेवारी पाउनुभएको छ । संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ । यसअघि प्रवक्ता रहनुभएका सहसचिव डा भरतराज गौतमको सचिवमा बढुवा भए पछि पाण्डेलाई जिम्मेवारी दिइएको हो ।


१० आश्विन २०७५, बुधबार १४:०१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्