भक्तपुरको नगरकोटमा आफ्नै हाकिमबाट बलात्कारको प्रयास भएपछि रुँदै न्याय माग्दै चेली मिडियामा( भिडियो)

admin
प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार २२:५१

आशाका किरण समाचार,काठमाडौं । देशभर शृङ्खलाबद्ध रुपमा एकपछि अर्को बलात्कारको घटना बढेको बेला नगरकोटमा पनी बलात्कार प्रयास भएको छ । अमृता फाउण्डेसनमा कार्यरत महिला कर्मचारीलाई कार्यलयका हाकिमले नगरकोट लगेर बलात्कारको प्रयास गरेपछी गोकर्णेश्वर बस्ने चेली न्याय खोज्दै मिडियामा आएकी हुन् ।सुरुमा केही ब्यक्तीलाई उद्धार गर्न भनेर नगरकोट लगेर एउटा रिसोर्टमा रक्सी खाएर हाकिमले बलात्कार प्रयास गरेको उनको आरोप छ । बलात्कार प्रयास गरेपछी २ झापड लगाएर राती २ बजे त्यो ठाउँबाट उम्कन सफल भएको ती पिडितको भनाई छ । अफुले भोगेको समस्या अरुले खेप्नु नपरोस् र महिलाहरु निर्धक्क बाँच्ने वातावरण बनोस भनेर आफु मिडियामा आएको ती पिडितको तर्क छ। हेर्नुस् आशाका किरण मिडियाकालागी आशाका किरण डट कमका प्रधान सम्पादक सुदर्शन बजगाईले गरेको भिडियो कुराकानी :

 


१३ आश्विन २०७५, शनिबार २२:५१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्