नेकपाको बैठक स्थगित

admin
प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार ११:५१

काठमाडौँ, २४ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उहाँका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।


२४ आश्विन २०७५, बुधबार ११:५१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्