‘आमा सम्मान’ अधिकारीलाई

admin
प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार १७:१८

भद्रपुर, २९ असोज (रासस) : साहित्यकार कृष्ण धरावासी र पत्रकार कुमार भट्टराईकी आमाको स्मृतिमा स्थापित यस वर्षको ‘आमा सम्मान’बाट रेखा अधिकारी सम्मानित हुनुहुने भएको छ । अम्बिका प्रतिष्ठान झापाले भद्रपुर– १०, चन्द्रगढी निवासी अधिकारीलाई सो सम्मानका साथ रु ११ हजार प्रदान गरेको छ । प्रत्येक वर्ष बडादशैँको अष्टमीका दिन दिइने आमा सम्मान श्रीमान्को सहयोगविना वा वियोगमा आर्थिक अभाव भए पनि आफ्ना नाबालक सन्तानलाई एकल प्रयासबाट सङ्घर्ष गर्दै हुर्काइबढाई समाजमा स्थापित गराउन सफल ६० वर्ष उमेर पुगेकी आमालाई प्रदान गरिँदै आएको प्रतिष्ठानका संरक्षक साहित्यकार धरावासीले बताउनुभयो । तेत्तीस वर्षकै उमेरमा पति चन्द्रकुमारलाई गुमाउन पुगेकी अधिकारीले नेपाल परिवार नियोजन तथा मातृशिशु कार्यालयमा जागीर खाँदै आफ्ना नाबालक ईश्वर र विशाललाई हुकाई समाजमा स्थापित गराउन सफल हुनुभएको छ । हाल उहाँका ज्येष्ठ सुपुत्र ईश्वर अधिकारी नेपाल पत्रकार महासङ्घ झापाका कोषाध्यक्ष तथा सक्रिय पत्रकारका रुपमा स्थापित हुनुभएको छ भने कान्छा सुपुत्र विशाल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, चन्द्रगढीको कार्यालय प्रमुख हुनुहुन्छ ।


२९ आश्विन २०७५, सोमबार १७:१८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्