दशैंमा सवारी दुर्घटनामा १० को मृत्यु

admin
प्रकाशित मिति: ४ कार्तिक २०७५, आईतवार १५:५२

चितवन, ४ कात्तिक (रासस) : दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका थिए । उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शुशिलसिंह राठौंरका अनुसार नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको ती दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्रगतिमा सवारी चलाएका कारण भएका हुन् । दशैं शुरु भएसँगै दैनिक मापसे गरी सवारी चलाउने २०लाई नियन्त्रणमा लिई कारवाही गरिएको उहाँले बताउनुभयो ।


४ कार्तिक २०७५, आईतवार १५:५२ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्