बलात्कार अभियोगमा तीन पक्राउ

admin
प्रकाशित मिति: १३ कार्तिक २०७५, मंगलवार २०:१४

भक्तपुर, १३ कात्तिक (रासस) ः:यहाँ १३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आज दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ । पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ परीक्षण गरिएको बताइएको छ ।


१३ कार्तिक २०७५, मंगलवार २०:१४ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्