भिजुवल इफेक्टमा अब्बल बन्दै अच्युत बजगाई

admin
प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार १९:३८

सुदर्शन बजगाई,काठमाण्डौ – नेपाली चलचित्रहरु अन्तरास्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उधोगमा नयाँ नया प्रविधि र नौलो प्रयोगहरु हुनथालेका छन्। पछिल्लो समय नेपाली चलचित्रलाई उच्च स्तरको बनाउनमा भिजुअल इफेक्टको ठुलो हात रहेको पाइन्छ । चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक,कथा,गीत,संगीत छायाँकन,सम्पादन जस्तै आज नेपाली चलचित्रमा भिजुअल इफेक्टको पनि ठुलो भूमिका भएको पाइन्छ । नेपाली चलचित्रमा भिजुअल इफेक्ट सम्बन्धिकार्य गर्ने नेपालकै उत्कृस्ट  |भिजुअलइफेक्ट आजको चलचित्र दुनियाँमा एक अति नै महत्वपुर्ण भाग भएको छ। कुनै पनि चलचित्रमा छान्यांकन गर्न अतिनै गाह्रो वा असम्भव दृष्यहरु को प्रयोग गरि कम्प्युटरमा नै बनाउन सकिन्छ । बिना कुनै धनजनको क्षति ,खतरनाक तथा काल्पनिक दुनियाँको दृष्यहरु भिजुअल इफेक्टबाट बनाउन सकिन्छ । आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठुलो माग छ। काभ्रेका यी २४ वर्षीय युवा ५ वर्षदेखि यस्तै कामगर्दै आएका छन् । नेपाली फिल्म इन्डस्ट्रीमा उनी अब्बल भिज्युअल इफेक्ट आर्टिस्टका रुपमा चिनिन्छन् ।नेपाली चलचित्र उधोगमा भिजुअल इफेक्ट नहुँदा चलचित्रहरुमा निर्देशकले इच्छा गरे अनुरुप कतिपय बस्तुहरु पर्दामा उतार्न कठिन हुन्थ्यो । यसले गर्दा चलचित्रहरुमा माग गरिएको दृष्यको कमिका कारण अधुरोपन हुन्थ्यो । तर नेपाली चलचित्रमा भिजुअल इफेक्टको प्रयोग अहिले दिनानु दिन बढ्दै छ। व्यवस्थापन विषयमा कम्प्युटर बिज्ञान लीएर १२ कक्षा उत्तीर्ण गरेका अच्युतलाई सुरुमा भिज्युअल आर्टिस्ट हुन्छुभन्ने लागेकै थिएन । एक दशक अघि ७ वर्षअघि काठमाण्डौ आउँदा उनीसँग केही ठोस सपना थिएन । एस. एल सी पास गरेर भविष्यको खोजीमा काडमाण्डौ छिरेका अच्युत साथीको लहैलहैमा भिडियो यसरि जहिले पनि नयाँ तरिका प्रयोग गरेर उनले नेपाली चलचित्र उधोगको भिजुअल इफेक्टको पाटोमा ठुलो योगदान पुराएका छन। आज अन्तराष्ट्रिय जगतमा पनि भिजुअल इफेक्ट आर्टिष्टको माग ज्यादै छ। उनले ३ दर्जन जति फिल्ममा काम गरिसकेका छन। अच्युत बजगाईं का केहि फिल्मको नामलिनु पर्दा बिरंगना’छिरिङ्ग, कायर ,जयशम्ब,रोमियो ,मेला ,पूनर्जन्म,होलिडे,उल्झन ,पटुकी , आरोपे ,सकुन्तला ,च्याम्पीयन ,बाटो मुनिको फुल, , बर्दी ,पोखरा कि काली, हालसालै उनि’लब डायरिज ’ ’भिलेन ’ ’होलिडे,प्रेमलिला,ए मेरो हजुर ३ ,एक्लव्य आदि थुप्रै फिल्म उनले गरेका हुन। त्यस्तो कलालाई नेपाली चलचित्रमा अव्वल ढङ्गमा कार्य गर्ने अच्युतले नेपाली चलचित्र जगतको भिजुअलइ फेक्ट आर्टमा ठुला योगदान पुराएका छन ।


१९ कार्तिक २०७५, सोमबार १९:३८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्