प्रथम जागौं युवा क्रिकेटको उपाधि अकलालाई

admin
प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार १७:०७

दमौली, २० कात्तिक (रासस) : जागौंँ युवा नेपाल तनहुँले आयोजना गरेको प्रथम जागौंँ युवा क्रिकेटको उपाधि व्यास नगरपालिका–१ गल्बुबँसीस्थित अकला युवा क्लबले जितेको छ । व्यास–१० स्थित बैरेनीमा आज भएको फाइनल खेलमा व्यास–१२ शेरास्थित मनकामना युवा क्लबलाई एक विकेटले पराजित गर्दै अकलाले उपाधि जितेको हो । प्रतियोगितामा विजेता र उपविजेता टोलीले क्रमशः रु २५ हजार र रु १२ हजार पुरस्कार प्राप्त गर्नेछन् । उक्त पुरस्कार यही कात्तिक ३० गते तनहुँको दमौलीमा आयोजना हुने आदिवासी जनजाति सांस्कृतिक महोत्सवको अवसरमा प्रदान गरिने जागौंँ युवा नेपाल तनहुँका सचिव सागर घिमिरेले जानकारी दिनुभयो । कात्तिक १६ गतेदेखि शुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।


२० कार्तिक २०७५, मंगलवार १७:०७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्