फोटोमा तिहार

admin
प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार २१:०३

यस्तो छ देशका विभिन्न भागबाट संचारकर्मीले आफ्नो क्यामेरामा कैद गरेको तिहारको तस्बिर :

सेलरोटी बनाउन ढिकीमा चामल कुटदै
विदुर नगरपालिका–११ गेर्खुका स्थानीयवासी तिहार पर्वका लागि सेलरोटी पकाउन ढिकीमा चामल कुटेर पिठो तयार गर्दै । सेल पकाउनको लागि ढिकीमा कुटेको चामलको पिठो उत्कृष्ट मानिन्छ । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस
देउसीभैलो कार्यक्रम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका ११ वडा कमिटिद्वारा बुधबार बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रममा नाच्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा । तस्बिर : राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस
काठमाडौँको अनामनगरमा लक्ष्मीपूजाको तयारी गर्दै युवती । तस्वीर : पूर्णप्रसाद मिश्र, रासस
लक्ष्मी पूजाका लागि रंगाली
लक्ष्मी पूजाका लागि रंगाली बनाउँदै कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित ओपेरा होटलका कर्मचारी । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
मध्यपुर थिमि शंखधर चोकमा सयपत्री फूल खरिद बिक्री गर्दै स्थानीय । प्रतिमालाको रु. ३० देखि ५० सम्ममा बिक्री हुने गरिएको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस ।
मध्यपुर थिमि शंखधर चोकमा सयपत्री फूल खरिद बिक्री गर्दै स्थानीय । प्रतिमालाको रु. ३० देखि ५० सम्ममा बिक्री हुने गरिएको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

२१ कार्तिक २०७५, बुधबार २१:०३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्