यस्तो थियो प्रधानमन्त्री ओलीको टीका (फोटो फिचर)

admin
प्रकाशित मिति: २३ कार्तिक २०७५, शुक्रबार १७:५८

काठमाडौँ, २३ कात्तिक (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो । टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आफना बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट टीका ग्रहण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस ।
प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आफना बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट टीका ग्रहण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस ।


२३ कार्तिक २०७५, शुक्रबार १७:५८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्