तिहारले छोएन लामा समुदायलाई

admin
प्रकाशित मिति: २३ कार्तिक २०७५, शुक्रबार १८:१०

हुम्ला, २३ कात्तिक (रासस) : नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइँदै छ । तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएको छैन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछाएको उद्योग वाणिज्य सङ्घ हुम्लाका नाम्गेल तामाङले बताउनुभयो । आफूहरुले बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले तिहारलाई त्यति महत्व नदिएको उहाँले बताउनुभयो । हुम्लाको नाम्खा गाउँपालिकामा लामा, तामाङ जातिको बसोबास छ । पुर्खादेखि आफूहरुले आफ्नो धर्मबाहेक अन्य परम्परागत चार्डपर्व नमनाउने भएकाले यो पर्वलाई खासै महत्व नदिएको उहाँको भनाइ छ । हुम्ला दुर्गम भएपनि पछिल्लो समय दशैँ, तिहारजस्ता चाडपर्वलाई महत्वका साथ मनाउने चलन छ । तर लामा समुदायले भने यी पर्वलार्ई सामान्य रुपमा लिने गर्छन् ।


२३ कार्तिक २०७५, शुक्रबार १८:१० मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्