महिलाबाट सामूहिक आलु तथा लसुन खेती

admin
प्रकाशित मिति: १६ मंसिर २०७५, आईतवार १५:२३

रामपुर, १६ मङ्सिर(रासस) : पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् । पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका अध्यक्ष चन्द्रिसरा रखालले जानकारी दिनुभयो । खाली रहेको जग्गाको सदुपयोग गरेर आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्नका निम्ति समूहका १५५ महिला लागेका छन् । कोही मल बोक्ने तथा कोही डल्ला फुटाउने गर्दा रमाइलो र सजिलोसमेत भएको महिलाले बताएका छन् । महिलाले पहिलो पटक पटक सामूहिक रुपमा खेती गर्दा निकै उत्साहित भएको वडाध्यक्ष नीरबहादुर सारुले बताउनुभयो । गाउँपालिकाले अनुदानमा बीउ वितरण गरेपछि गाउँपालिकाका हेक्लाङ, वीरकोट, सिलुवा रिङ्नेरह, तथा सिलुवाका विभिन्न स्थानमा समेत सामूहिक खेतीको अभियान शुरु भएको गाउँपालिकाले जनाएको छ ।


१६ मंसिर २०७५, आईतवार १५:२३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्