मुद्दा दायर

admin
प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार १७:५९

काठमाडौँ, २० मङ्सिर (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवासमेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई शिक्षक पदमा कार्यरत रहेको आरोपमा जोशीले प्राथमिक तह द्वितीय श्रेणीमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको पाइएको आयोगले जनाएको छ ।


२० मंसिर २०७५, बिहीबार १७:५९ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्