Wednesday 29th March 2017

Bidhut-Add-Onlinepana

मान्यजनसंग आशीर्वाद लिएर दशैं मनाउने योजना छ : नवराज रिजाल

navraj-rijal

सफल ब्यवसायी र समाजसेवीको रुपमा चिनिएको नाम हो नवराज रिजाल । टाईमलाईन स्कुलका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज रिजालसंग आशाका किरणका सुदर्शन बजगाईले बिद्यालय र दशैंको बारेमा गरेकी संक्षिप्त कुराकानीको संपादित अंश :

 

आरम हुनुन्छ ?

आरामै छु ।

टाईमलाईन स्कुल खोल्ने सोच कताबाट आयो ?

यो ५ वर्ष अगाडि साथीभाईसंग सल्लाह गर्दा यो भेगमा उत्कृष्ट शैक्षिक संस्था खोल्नुपर्छ भन्ने सल्लाह अनुसार यो स्कुलको स्थापना भएको हो ।

के छ बिशेषता ?

शैक्षिकमात्रै नभएर अतिरिक्त क्रियाकलापमा पछिल्लो ५ प्रतियोगितामा सहभा हुदा ३ प्रतियोगितामा २ प्रतियोगितामा प्रथम र एकमा दोश्रो हुनुले हाम्रो क्षमता र हाम्रो दर्जा देखाएको छ । शैक्षिक, भौतिक र अतिरिक्त क्रियाकलाप सबैमा हामिले आफुलाई अब्बल राखेका छौं ।

के हो तपाईंको संस्थाको छोटो समयमा सफलता प्राप्त गर्नुको राज ?

म अभिभावक को सहयोग र मायालाई सफलताको राज ठान्दछु ।स्कुल खोल्छु भनेर भवन बनाउँदा बनाउँदै गर्दा बिस्वास गरेर नानीबाबुलाई हाम्रो बिस्वासमा छाड्नु भएकाले हामी अभिभावकलाई सफलताको श्रोत ठान्दछौं ।

 

अबको ५ वर्षमा टाईमलाईनलाई कहाँ देख्नु भएको छ ?

अबको ५ वर्षमा प्लस टु सहितको ठूलो शैक्षिक संस्थाको रुपमा देख्न सक्नु हुन्छ ।

के छ दशैंको योजना ?

खासै त्यस्तो छैन । पानी र बर्खायाम भएकाले कतै जाने सोच छैन । मिल्यो भने घुम्न जाने योजना छ ।

तपाईंको समय र अहिलेको दशैंको फरक के पाउनु भएको छ ?

पहिला अरुले दशैं मनाईदिन्थे अहिले आफुले आरुलाई मनाइने गरेकोनै फरक हो । पहिला अरु अभिभावक थिए अहिले आफू अभिभावक छु र पहिला लुगा सिलाउन एक महिना अगाडिडेखी तयारी गर्नुपर्दथियो भने अहिले एक घन्टामा रेडिमेड सपिङ गर्न पाईने भएकाले यस्तै फरक पाएको छु मैले

के छ यो चाडको रमाईलो पक्ष ?

म मांसहारी भएकाले खसी काट्ने र मान्यजनबाट आशिर्वाद लिनेनै रमाईलो पक्ष लाग्छ । मेरो ९७ वर्षको बुबाको हातबाट टीका लगाएर आशिर्वाद लिने बिचार छ योनै शैभाग्य हो जस्तो लाग्छ ।

के बिकृती देख्नु भएको छ पहिला र अहिलेको दशैंमा ?

होहल्ला गर्ने र मापसे सेवन गरेर झैझगडा गर्नेनै हुन अहिलेका बिकृतीहरु ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

म सम्पुर्ण देशवासी र टाईमलाइनलाई मायगर्ने शिक्षक शिक्षिका विद्यार्थी र अभिभावकलाई बडा दशैं ,दिपावली,छठ र नेपाल सम्बतको एक्मुस्ठ शुभकामना दिन चाहन्छु ।

Published at: September 28, 2016 6:17 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro